हेटौंडाबाट १० केजी लागूऔषध चरेश सहित २ महिला पक्राउ

१० केजी लागूऔषध चरेश सहित  हेटौंडाबाट २ जना महिला पक्राउ परेका छन् । 

शुक्रबार जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी चौकिटोलबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले जिल्ला हेटौडा १ स्थित सडक खण्डमा  पालुङबाट हेटौडा तर्फ आउदै  गरेको  बा ३ ख २८३१ नं को यात्रुबाहक बसलाई  रोकी चेक जाँच गर्ने क्रममा बसमा सवार भई आएका बिरगन्ज १६  बस्ने  बर्ष ५५ कि उमादेवी पटेल र बर्ष ३५ कि आशादेवी पटेललाई १० केजी चरेश सहित पक्राउ गरेको हो ।

उनीहरुको शरीर खानतलासी गर्दा कपडाको थैली बनाई कम्मरमा बाधि र तिघ्राको भागमा एङ्लेट भित्र समेत राखि लुकाई छिपाई ल्याएको लागु औषध चरेश फेला पारि नियन्त्रणमा लिई प्रचलित कानुन बमोजिम आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यकय मकवानपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?