नेपालमा घरजग्गाको मूल्य २६.४५ प्रतिशतले बढेको एक अध्ययनले देखाएको छ। नेपाल राष्ट्र बैङ्कले पहिलो पटक सातै प्रदेशका मुख्य सहरलाई आधार बनाउँदै तयार गरेको घरजग्गा मूल्य सर्वेक्षण’बाट यस्तो देखिएको हो।पहिलो पटक गरिएको घरजग्गा मूल्य सर्वेक्षणका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा वाणिज्य बैङ्कहरूबाट प्राप्त तथ्याङ्कको आधारमा वार्षिक औसत घरजग्गा मुद्रास्फीति २६.४५ प्रतिशत रहेको छ भने मालपोत कार्यालयबाट प्राप्त तथ्याङ्कको यस्तो मुद्रास्फीति १९.७३ प्रतिशत रहेको छ।
शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७÷७८ को पहिलो नौ महिनामा अघिल्लो आवको तुलनामा गण्डकी प्रदेशमा घरजग्गाको मूल्य वृद्धि सबैभन्दा उच्च रहेको छ। यो प्रदेशमा घरजग्गामा १९.१९ प्रतिशतले मूल्य वृद्धि भएको अध्ययनले देखाएको छ।आर्थिक वर्ष २०७७÷७८ को पहिलो नौ महिनामा यस्तो मुद्रास्फीति क्रमशः १६.३१ र १२.५७ प्रतिशत रहेको पाइएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७७÷७८ को पहिलो नौ महिनामा घरजग्गाको कारोबारमा केही शिथिलता आएकाले मुद्रास्फीति केही कम रहेको सर्वेक्षणको निष्कर्ष रहेको छ। वित्तीय क्षेत्र विकास रणनीति (२०७३÷७४–२०७७÷७८)मा घरजग्गा मूल्य सूचकाङ्क तयार गर्ने जिम्मेवारी नेपाल राष्ट्र बैङ्कलाई दिइएकोमा आर्थिक वर्ष २०७५÷७६ लाई आधार वर्षका रूपमा लिई घरजग्गा सर्वेक्षण गरिएको राष्ट्र बैङ्कले जनाएको छ। गोरखापत्रमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया