सुरुङमार्गमा काठमाडौं सीडीओको छड्के

लोकपथ
826
Shares

सबैतिर चासो भए पनि नेपालको पहिलो सुरुङ मार्ग आयोजना नागढुंगा सुरुङ मार्ग अहिले सुस्ताएको अवस्थामा छ । कुनैबेला यो आयोजनाले निकै गति लिएको थियो तर एकाएक आयोजनाको निर्माण कार्य कछुवाको गतिजस्तै भएपछि शुक्रबार काठमाडांैका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोविन्द रिजाललगायतको सरकारी उच्च टोलीले आयोजना स्थल पुगेर आकस्मिक छड्के मात्रै गरेनन्, सो आयोजना छिटोभन्दा छिटो सक्न आयोजनाका कर्मचारीहरूलाई निर्देशनसमेत दियो ।

सो आयोजना हाल निर्माणको क्रममा भए पनि कामकारबाही अत्यन्तै सुस्त भएको भन्दै चौतर्फी गुनासा आएका थिए । २०७६ असोजमा नेपाल सरकार र जापानी निर्माण संस्था हाजमा एन्डो कर्पोरेसनबीच सम्झौता भई निर्माण सुरु भएको सुरुङ मार्गको निर्माण कार्य हाल २३.०२ प्रतिशत मात्रै सकिएको छ । ४२ महिनामा सम्पन्न गर्नेगरी निर्माण कार्य भइरहेको सो सुरुङ मार्गको काम भने दुई वर्ष बित्दासमेत निकै कम भएको छ ।राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?