देउवालाई एमाले महाधिवेशनमा निम्तो

लोकपथ
35
Shares

नेकपा (एमाले) ले आगामी महाधिवेशनको उद्घाटन सत्रमा अतिथिका रूपमा प्रधानमन्त्री शेरबहादुर देउवालाई निमन्त्रणा गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा पुगी प्रधानमन्त्री देउवालाई एमालेका संसदीय दलका नेता सुवास नेम्वाङ र महाधिवेशन अतिथि सत्कार समितिका संयोजक डा राजन भट्टराईले उद्घाटन समारोहमा आतिथ्यका लागि निमन्त्रणापत्र हस्तान्तरण गरेको एमालेका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?