फेरि पनि माओवादीको पक्षमा जनलहर आउने संकेत देखियो- प्रचण्ड

लोकपथ
0
Shares
??????? ???? ?? ???????? ????? ????????? ????????? ??????? ???? ????????? ???????? ????? ??????? ??????? ????? ??????? ???? ??? ???????? ?????????? ????? ????? ??????? ???????? ????? ?????????? ???????? ?????????? ?????????? ??? ???????? ????? ?????? ??????????? ??????? ?????? ?????? ???? ???????, ???? 2 Attachments

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले फेरि पनि पार्टीको पक्षमा जनलहर आउने संकेतहरु देखिन थालेको बताएका छन् । ०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा माओवादीको पक्षमा जनलहर आएजस्तै त्यस्तो संकेत फेरि देखिन थालेको प्रचण्डको दावी छ।

शुक्रबार नेपाली जनप्रगतिशील मन्च कतारको पाँचौ अधिवेशनलाई भर्चुअल विधिबाट सम्बोधन गर्दै प्रचण्डले देशैभर माओवादीको पक्षमा जनआकर्षण देखिएको र पार्टीमा ८ लाख भन्दा बढी संगठित सदस्य अबद्ध भइसकेको बताए ।

‘०६४ सालको जस्तै माओवादीको पक्षमा जनलहर आउने संकेत देखिन थालेको छ’, प्रचण्डको भनाइ थियो, ‘हिमाल, पहाड, तराई सबैतिर आकर्षण देखिएको छ । ८ लाख भन्दा बढीले संगठित सदस्यता नविकरण गराइसकेका छन् । जनताको भरोसायोग्य पार्टी माओवादी हो भन्ने जनताले बुझेको महसुश गरेको छु ।’

उनले माओवादी आन्दोलनकै बलमा देशमा परिवर्तन आएको जिकिर गर्दै यो कुरा जनताले राम्ररी बुझेको पनि बताए । तर, अहिले प्रतिक्रान्तिकारी सल्बलाउन थालेको भन्दै प्रचण्डले यसप्रति सचेत रहनुपर्नेमा जोड दिए ।
प्रचण्डले जनताको असली मित्र माओवादी नै भएको भन्दै पार्टीले समानुपातिक, समावेशीताको पक्षमा काम गरिरहेको पनि बताए। यस्तै नेपालमै रोजगारीको सिर्जनादेखि विकास, समृद्धि र समाजवादको नयाँ मोडल बनाउने कार्यमा पनि पार्टी लागिपर्ने प्रचण्डको भनाइ थियो । प्रचण्डले आगामी पुसमा हुने पार्टीको राष्ट्रिय सम्मेलनबाट पार्टी थप सुदृढ हुने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?