काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि एउटै पार्टी नपाल कम्युनिष्ट पार्टी बनेपछि दुवै पार्टीको पूर्व केन्द्रीय कार्यालय नयाँ संरचना अनुसार परिवर्तन गर्न सुरु गरिएको छ ।
नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दुई पार्टीको केन्द्रीय कार्यालय पुग्दैछन् ।
अब यी कार्यालयहरु नयाँ पार्टी नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय हुनेछ ।
आज अपराह्न ४ बजे दुई शीर्ष नेताहरु पुग्ने कार्यक्रम तय भएको थियो । दुई शीर्ष नेता पुग्नु अघि नै पेरिसडाँडामा रहेको माओवादी केन्द्रको पूर्व हेडक्वाटरको बोर्डहरु हटाइएको छ । त्यहाँ नेकपाको नयाँ बोर्ड लगाइएको छ भने धुम्बाराईस्थित नेकपा एमालेको पूर्व मुख्यालयमा पनि बोर्डहरु हटाइ नयाँ बोर्ड लगाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया