‘गणतन्त्र सरकारी दिवस होइन जन दिवस हो’

काठमाडौैं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसलाई जनस्तरसम्म पुर्याउनु पर्ने बताएका छन् । 

आज गृहमन्त्रालयमा आयोजित बैठकलाई सम्बोधन गर्नुहुँदै यस्तो निर्देशन दिएका हुन् 

गणतन्त्र दिवस मुल समारोह समितिक अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले गणतन्त्रलाई सरकारी दिवस जस्तो नबनाएर जनताको उत्सव जस्तो बनाउनु पर्ने बताए । 

‘गणतन्त्र सरकारी दिवस होइन जन दिवस हो’ ओलीले भने ‘यो दिवस गाउँपालिकासम्म नै मनाउने गरि व्यवस्था गर्नुपर्छ ।’ 

प्रधानमन्त्री ओलीले भने, जनताले लामो संघर्षबाट ल्याएको गणतन्त्रको उल्लेख गर्दै, मान्छे जन्मदै श्रेष्ठ हुने पाखण्डी प्रणालीलाई विस्थापन गर्दै प्रतिष्पर्धाबाट स्थापित हुने प्रणालीको रुपमा गणतन्त्र आएको बताए । 

त्यस्तै जेठ १५ गते मनाइने गणतन्त्र दिवसको दिन दिइने सार्वजनिक विदाले दैनिक कामकाजमा बाधा पुर्याउने भएपछि बिदा कटौती गरेको प्रधानमन्त्री ओलीले बताए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?