राजपा नेपाल अध्यक्ष मण्डलको बैठक सानो ठिमीमा जारी

भक्तपुर । राष्ट्रिय जनता पार्टी (नेपाल)का अध्यक्ष मण्डलको बैठक सानो ठिमीमा बसिरहेको छ ।

राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको निवास सानो ठिमीमा बसिरहेको हो । ठाकुर अस्वस्थ्य रहेको कारण उनकै निवासमा बैठक बसिएको बताइएको छ । 

बैठकले पार्टीको राजनीतिक समितिको बैठकको मिति तय गर्नेछ । साथै, समसामयीक राजनीतिक अवस्थाको बारेमा छलफल हुने राजपा नेपालका प्रवक्ता एवं महासचिव केशव बताएका छन् ।

त्यस्तै सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम र आगामी आर्थिक बजेटको बारेमा पनि बैठकमा छलफल हुने बताइएको छ । 
 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?