रामदेवले चन्द्रागिरि डाँडामा योग प्रशिक्षण दिने

लोकपथ
91
Shares

योगगुरु बाबा रामदेवले चन्दागिरि डाँडामा योग प्रशिक्षण तथा योग ध्यान गर्ने भएका छन् ।

पतञ्जली योगपीठको कार्यक्रममा भाग लिन बिहीबार नेपाल आएका भारतीय योगगुरु बाबा रामदेवले शनिबार बिहान चन्द्रागिरि डाँडाको स्वच्छ हावामा योग ध्यान तथा योग प्रशिक्षण दिने भएका हुन् ।

शनिबार बिहान ५ देखि ६ बजेसम्म चन्द्रागिरि डाँडाको स्वच्छ हावामा योग, ध्यान गर्नुका साथै त्यहाँ उपस्थितहरूलाई योग सिकाने कार्यक्रम रहेको चन्द्रागिरि हिल्स लिमिटेडले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?