शिक्षामन्त्रीले मागे हेडमास्टरको कार्यसम्पादन

लोकपथ
42
Shares

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सरकारी विद्यालयका प्रधानध्यापक ( हेटमास्टर)को कार्यसम्पादनबारेको तथ्यांक मागेका छन् ।
शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्र भक्तपुरले बुधबार देखि बिहीबार आयोजनामा शिक्षा इकाइका प्रमुखहरुको कार्याशालमा मन्त्रीले देशभरका सरकारी विद्यालयका हेडमास्टर गरेका कामको तथ्यांक मागेका हुन् ।
‘मन्त्रालय शिक्षा प्रणाली सुधार्न लागिपरिरहेको छ,’ उनले भने, ‘विद्यालयमा शैक्षिक क्षेत्र सुधार्ने जिम्मेवारी प्रध्यानध्यापकको हुन्छ, उहाँको सक्रियता कति छ तथ्यांक ल्याउनस् ।’

मन्त्री पौडेलले विद्यालयमा दबरन्दी मिलान एवम् कम्प्युटर, ल्यावको समस्या भएको भन्दै शिक्षा इकाइका प्रमुखहरुलाई त्यसको तथ्यांक लिएर मन्त्रालयमा पठाउन निर्देशन दिए ।
विद्यालयमा विषयगत शिक्षकले कसतो पढाइरहेको छ भन्ने अभिलेख राख्नुपर्ने बताउँदै मन्त्रीले विद्यार्थी खुसी र रुचीअनुसारको शिक्षकले अध्यापन गराउनुपर्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?