दुई अध्यक्ष किन राखेको भन्नेलाई ओलीको यस्तो जवाफ

काठमाडौं– नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले  नेपाल कम्युनिष्ट पार्टी ‘जेट प्लेन’ जस्तो भएको बताएका छन् । उनले जेट प्लेन चलाउन दुई जना पाइलट चाहिने पनि बताए । 
‘कतिलाई किन दुई जना अध्यक्ष चाहियो भन्ने लाग्ला । पार्टी टेप्पो चलाएजस्तो होइन ।  जेटमा प्लेनमा दुई जना पाइलट नै हुन्छन्’ ओलीले बिहिबार राष्ट्रियसभागृहमा आयोजित पार्टी एकता घोषणासभामा भने । 
उनले  आवश्यकताले दुई अध्यक्षको व्यवस्था गरिएको बताउँदै भने, ‘हामीले महाअभियान चलाएका छौ । त्यसका लागि हामीले सल्लाह र विचार विमर्श गरीकन अगाडि बढाउने अठोट र संकल्प गरेका छौं ।’
उनले  पुष्पलालले ००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेकै कारण आफूहरु यहाँसम्म आइपुगेको बताए । 
उनले अरु पार्टीलाई पनि एकता प्रक्रियामा आउन पनि आग्रह गरे ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?