काठमाडौं । सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश जबरालाई अब न्यायालयको नेतृत्व गर्ने दिवास्वप्न नदेख्न चेतावनी दिएका छन् ।
बिहीबार (आज) नेपाल बारले आयोजना गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै प्रधानन्यायाधीशलाई बहिस्कार र तिरस्कारमा परिसकेको आरोप लगाउँदै अदालतको नेतृत्व गर्न नदिने चेतावनी दिए । त्यसैगरी बारले प्रन्याको राजीनामा मागेकोले राजीनामा नआएसम्म आफूहरुको आन्दोलन नरोकिने स्पष्ट पारे ।
‘बहिष्कार र तिरस्कार गरिसकेपछि पनि अदालतको नेतृत्व गर्छु भन्नु दिवास्वप्नाा मात्रै हो । हाम्रो आन्दोलन फिर्ता हुने आन्दोलन होइन । बारको बटमलाइन राजिनामा हो’, उनले भने ।
साथै आफूहरु गोलाप्रथाबाट मुद्दा हेर्ने पक्षमा रहेको बताउँदै बारसँगको छलफलमा भएको माग र मुद्दामा सहमत भएको समेत बताए ।
‘बारसँगको छलफलमा तपाईंहरूको माग र मुद्दामा हामी सहमत छौँ भनेर न्यायाधीशहरुले भनिरहनु भएको छ। हामी गोलाप्रथाबाट तोकिएको मुद्दा हेर्छौँ। ’
प्रधानन्याधीश राणाको राजीनामा माग गर्दै आज पनि कानुन व्यवसायीहरुले सर्वोच्चमा आन्दोलन गरेका छन् । सो क्रममा प्रहरी र कानुन व्यवसायीबीच झडप समेत भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया