प्रहरी दमनपछि बारले बोलायो आकस्मिक बैठक

लोकपथ
112
Shares

काठमाडौं । नेपाल बार एसोसिएसनले आकस्मिक बैठक बोलाएको छ । आफुहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन भएको भन्दै बारले आकस्मिक बैठक बोलाएको हो ।

केही बेरपछि एसोसिएसनको कार्यालयमा सुरु हुने बैठकमा बार पदाधिकारी, सल्लाहकार र उपत्यकामा रहेका बार इकाइका प्रतिनिधिहरू सहभागी हुनेछन् ।

आज बिहान प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलन गर्न सर्वोच्च पुगेका कानुन व्यवसायीहरुमाथि प्रहरीले लाठीचार्ज गरेको थियो ।

प्रहरीको लाठी प्रहारबाट नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, केन्द्रीय सदस्य प्रकाश महर्जन, कपिल पोखरेल, रमण कर्ण, युवराज भण्डारी, गोपाल सापकोटा, ऋषिराम घिमिरेलगायत घाइते भएका थिए । बारले आज ३ बजेलाई पत्रकार सम्मेलन समेत बोलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?