जनार्दन शर्माले भने, यही खुशीयालीमा एक मिनेट ताली बजाइदिनुस्

काठमाडौं । एमाले र माओवादीको नवगठित पार्टी नेपाल कम्युनिष्ट पार्टीको एकीकरण कार्यक्रममा नेता जनार्दन शर्माले नवगठित कम्युनिष्ट पार्टी फुट्दै आएपनि ५६ वर्षपछि कम्युनिष्ट पार्टीको एकता भएको बताएका छन् ।

राष्ट्रिय सभागृहमा बोल्दै नेता जनार्दन शर्माले नेपाली कम्युनिष्ट आन्दोलनको जग ६९ वर्ष भएको र नयाँ ढंगले कम्युनिष्ट पार्टीलाई लैजान एकीकरण गरेको बताए । 

‘यो विशाल अवसरमा सबैले एक मिनेट ताली बजाइदिनुस् ।’, उनले भने, 'मुलुकमा जस्ता सुकै चुनौती आएपनि हामी तयार छौं ।' 

यतिबेला काठमाडौंमा दुई पार्टीबीच एकता भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?