‘नेकपा’ दर्ता गर्न नेम्वाङ र गुरुङ पुगे निर्वाचन आयोग

काठमाडौं । एमाले र माओवादी केन्द्रको संयुक्त बैठक बसेको छ । 

पुष्पकमल दाहाल प्रचण्ड र केपी ओलीको अध्यक्षतामा केन्द्रको संयुक्त बैठकको हो । 

बैठकले एमाले नेता सुवास नेम्वाङ र माओवादी नेता देव गुरुङलाई ‘नेपाल कम्युनिष्ट पार्टी’ दर्ता गर्नका लागि निर्वाचन आयोग पठाएको छ । 

सो बैठकबाट नयाँ पार्टी नेपाल कम्युनिष्ट पार्टीका सबै सदस्यले सपथ ग्रहण लिएका छन् ।  

यससँगै एमाले र माओवादी केन्द्र औपचारिक रुपमा विघटन भएको छ । 

संयुक्त बैठकले दुई पार्टीको सम्पत्ति नेकपाका नाममा सार्ने निर्णय समेत गरेको छ । 

राष्ट्रियसभागृहमा केहिबेरमा पार्टी एकताको घोषणा गरिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?