एमाले र माओवादी केन्द्र विघटन, ‘नेपाल कम्युनिष्ट पार्टी’ दर्ताको लागि निवेदन

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र विघटन भएको छ ।  एकता प्रक्रियामा रहेका दुई दल मिलेर ‘नेपाल कम्युनिष्ट पार्टी’ निर्वाचन आयोगमा दर्ता गर्दैछन् ।  

एमालेको केन्द्रीय कार्यसमिति र माओवादीको सचिवालयको विस्तारित बैठक बसेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा एमालेको बैठक र माओवादीको प्रचण्डा निवास खुमलटारमा बठैक बसेको हो ।  

अबको केही समयपछि प्रधानमन्त्री निवास बालुवाटारमा एकीकृत पार्टीको बैठक बस्दैछ । 

त्यस्तै निर्वाचन आयोगमा दुई दलले ‘नेपाल कम्युनिष्ट पार्टी’ दर्ताको लागि निवेदन दिनेछन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?