नेपालमा विद्युतीय राहदानीको युगमा प्रवेश

लोकपथ
42
Shares
sf7df8f}F, ! dªl;/ M /fxbfgL ljefudf a’waf/ cfof]lht klxnf] ljB’tLo /fxbfgL ljt/0f sfo{qmddf ztfAbLk’?if zTodf]xg hf];L cfkmgf k’/fgf /fxbfgLnfO{ ljefusf] ;ªu|fnodf /fVg dxflgb{]zs 8f]/gfy cof{nnfO{ x:tfGt/0f ug{‘x’Fb} . t:jL/ M gjLg kf}8]n, /f;;

नेपालमा विद्युतीय राहदानीको युगमा प्रवेश गरेको छ । बुधबार परराष्ट्रमन्त्री डा. नारायण खड्काले एक समारोहकाबीच शताब्दीपुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीलाई पहिलो विद्युतीय राहदानी प्रदान गरेपछि नेपाल विद्युतीय राहदानीको युगमा प्रवेश गरेको हो । अब नेपाल र यहाँका नागरिक विश्वका विकसित मुलुक सरहको राहदानी बोक्ने देश र नागरिक बनेको छ । योसँगै नेपालमा विद्युतीय राहदानीको औपचारिक प्रचलन सुरु भएको हो ।

त्रिपुरेश्वरस्थित राहदानी विभागको नवनिर्मित भवनमा आयोजित पहिलो विद्युतीय राहदानी वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खड्काले अब नेपाली नागरिकले अन्तर्राष्ट्रिय जगतमा छवि उच्च हुने विश्वास व्यक्त गर । विदेश यात्राका लागि जो जससँग सम्बन्धित छ भन्ने सिफारिस पत्रको युग, हस्तलिखित राहदानीको युगहुँदै छोटो समयमै नेपालले मेसिनले पढ्ने राहदानी र विद्युतीय राहदानीको यात्रा तय गर्नु आफँैमा निकै ठूलो उपलब्धि भएको उनले बताए । गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?