काठमाडौँ उपत्यकाका विभिन्न होटलमा बालिकालाई जबर्जस्ती यौन कार्यमा लगाउने अवाञ्छित गतिविधि अझै हट्न सकेको छैन ।प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोले हालैमात्र यसरी बालिकालाई घरेलु कामदारका रूपमा राखी डर त्रास देखाएर यौन कार्यमा समेत लगाएको तथ्य फेला पारेको छ ।
बालमैत्री शासन, बाल यौन शोषणविरुद्धका विभिन्न अभियान तथा प्रहरी र सामाजिक संस्थाको सक्रियतामा बालबालिकालाई घरेलु कामदारमा लगाउन नहुने भनेर सचेतनामूलक कार्यक्रम गरिए पनि कार्यान्वयन हुन नसकेको उक्त तथ्यले पुष्टि गर्छ ।
काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरस्थित नेवारी खाजा घरमा एक बालिकालाई यसरी यौन कार्यमा लगाएको आरोपमा प्रहरीले गुल्मी जिल्लाको सत्यवती गाउँपालिका–४ घर भई ललितपुर बस्ने नेत्रलाल ज्ञवालीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया