यहाँ हुने भयो नयाँ पार्टीको कार्यालय

काठमाडौं । दुई कम्युनिष्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि मूल कार्यालय हाल माओवादी केन्द्रको पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडालाई बनाइने प्रारम्भिक सहमति भएको बताइएको छ । 

यस्तै सहायक कार्यालय हाल एमालेको पार्टी कार्यालय रहेको धुम्बाराहीलाई बनाइने छ ।

माओवादी केन्द्र निकट स्रोतका अनुसार  पेरिसडाँडामा केपी ओलीको लागि नयाँ कुर्सीको व्यवस्था गरिनेछ भने धुम्बाराहीमा प्रचण्डको लागि नयाँ कुर्सीको व्यवस्था गरिनेछ  दुई पार्टीबीच प्रचण्ड र ओली नै महाधिवेशनसम्म अध्यक्ष बन्ने  सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?