एकता संयोजन समितिको बैठक सम्पन्न, नयाँ पार्टीको सचिवालय ९ सदस्यीय बन्ने

काठमाडौं । एमाले र माओवादी केन्द्रबीचको एकता संयोजन समितिको बैठक सकिएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले र माओवादी केन्द्रबीचको एकता संयोजक समितिको बैठक सकेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बैठकबाट निस्किएका छन् । 

बैठकले पार्टी एकता गर्ने दुई पार्टीबीचको सहमतिलाई अनुमोदन गरेको छ भने नयाँ पार्टीको सचिवालय ९ सदस्यीय बन्ने भएको छ । 

सो बैठकपछि अब दुबै पार्टीको छुट्टाछुट्टै बैठक बसेर पार्टी विघटन गर्ने र त्यसपछि एकता घोषणा गर्ने तयारी भएको एकता संयोजक समितिले बताइएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?