ऐतिहासिक खेलमा नेपाली चेलीहरुको अविस्मरणीय जित, कतार २७ रनमै आउट

लोकपथ
98
Shares

इन्दु वर्माको कीर्तिमान अर्धशतकीय पालिको सहयोगमा नेपालले मङ्गलबार पहिलो टी–२० खेलमा घरेलु टिम कतारलाई ११९ रनले नराम्ररी हराएको छ। नेपाली महिला क्रिकेटको यो अहिलेसम्मकै सर्वाधिक जित भएको छ। यस नतिजासँगै तीन खेलको शृङ्खलामा नेपालले १–० ले अग्रता बनायो।

दोहामा टस हारेपछि पहिले ब्याटिङ गरेको नेपालले चार विकेटको क्षतिमा १४६ रनको कठिन स्कोर तयार पारेको थियो। कतार जवाफमा ११.५ ओभरमा २७ रनमा समेटियो। कप्तान रुविना क्षेत्रीले मात्र एक रनमा तीन विकेट तथा कविता कुँवरले छ रनमा र सीता राना मगरले ३ रन खर्चेर दुई-दुई विकेट लिइन् ।

करुणा भण्डारीले पनि दुई ओभरमा दुई रन मात्र खर्चेर एक ब्याटरलाई आउट गरिन् । कतारका लागि खाडिया इम्तियाज र एन्जेलिन मारेले बनाएको आठ/आठ रन नै सर्वाधिक व्यक्तिगत स्कोर रह्यो। यसअघि नेपालको पालिमा इन्दु ४७ बलमा ५५ रन बनाएर रिटायर्ड हर्ट भइन् । यस पालिपछि इन्दु महिला टी–२० अन्तर्राष्ट्रियमा नेपालका लागि अर्धशतक बनाउने पहिलो क्रिकेटर बनेकी छन्, गोरखापत्रमा खबर छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?