मंगलबार थप ३७७ जनामा कोरोना संक्रमण पुष्टि, मृतक कति थपिए ?

लोकपथ
143
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ९ हजार १४९ जनाको परीक्षणमा ३ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप १ सय ७० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको कूल संख्या ७ लाख ९८ हजार ७१४ पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनासंक्रमण मुक्त हुनको दर ९७.७ प्रतिशत रहेको छ ।

त्यस्तै, कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाका कारण नेपालमा ११ हजार ४ सय ८२ जनाले ज्यान गुमाएका छन् ।

हाल देशभर ७ हजार ४७६ जना सक्रिय संक्रमित रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?