७.६ प्रतिशतले घट्यो रेमिट्यान्स

लोकपथ
63
Shares

काठमाडौँ । चालु आर्थिक वर्षको तीन महिना(असोज)मा रेमिट्यान्स (विप्रेषण आप्रवाह) ७.६ प्रतिशतले घटेको छ । मंगलबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुको आर्थिक अवस्थाले यस्तो देखाएको हो ।

यस अवधिसम्म २ खर्ब ३९ अर्ब ३२ करोड रेमिट्यान्स नेपाल भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा रिेमिट्यान्स१२.७ प्रतिशतले बढेको थियो । यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ६६,३१६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९६.८ प्रतिशतले घटेको थियो ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा उल्लेख्य रुपमा वृद्धि भई ३४,८२३ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७८.६ प्रतिशतले घटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?