एकताबारे प्रचण्डको यस्तो ब्रिफिङ, यस्तो छ भोलिको एकता ‘सेड्यूल’

काठमाडौं– नेकपा माओवादी केन्द्रले एमालेसँग  भएको पार्टी एकता गर्नेसम्बन्धी सहमतिलाई अनुमोदन गरेको छ । यसअघि एमालेले पनि पार्टी बैठकमार्फत एकताको अनुमोदन गरिसकेको छ । दुई पार्टीबीच  भोलि अपरान्ह पार्टी एकताको घोषणा गर्ने तयारी छ ।

माअ‍ोवादी केन्द्रको बुधबार अबेर सम्पन्न केन्द्रीय कार्यालयको बिस्तारित बैठकले पार्टी एकता गर्ने सहमतिलाई अनुमोदन गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।
बिहानै एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पार्टी एकता गर्ने अन्तिम समझदारी भएको थियो ।  पार्टीको बैठकमा प्रचण्डले एमालेसँग पार्टी एकता गर्न लागेको र एकीकृत पार्टीमा सम्मानजनक सहभागिता पनि हुन लागेको जानकारी गराएका थिए । प्रचण्डले जानकारी गराएसँगै एकताको स्वागत गर्दै बैठकले अनुमोदन गरेको थियो ।
नेताहरुका अनुसार  भालि अपरान्ह ४ बजे पत्रकार सम्मेलनमार्फत एकताको घोषणा गरिने छ त्यसअघि विहान ८ बजे मदन स्मृति दिवस मनाउने कार्यक्रम छ । जहाँ दुबै पार्टीका अध्यक्ष सहभागि हुनेछन् ।

यस्तै १० बजे पार्टी एकता संयोजन समितिको बैठक बस्नेछ भने  ११ बजे एमालेको केन्द्रीय समितिको बैठक बस्नेछ ।
यस्तै १ बजे माओवादी केनद्ीय कार्यलय बैठक बस्नेछ भने २ बजे सकेसम्म एकीकृत पार्टी दर्ताका लागि निर्वाचन आयोग गइनेछ ।
यस्तै ४ बजे पत्रकार सम्मेलन गरेर एकताको घोषणा गरिनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?