एमालेले केन्द्रीय समितिको आकस्मिक बैठक बोलायो, भोलि नै एकता गर्ने तयारी

काठमाडौं । नेकपा एमालेले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ ।  एमाले पार्टी कार्यालय सचिव कृष्ण गोपाल श्रेष्ठले  बिहिबार बिहान ११ बजेको लागि बैठक बोलाइएको जानकारी दिए । 
बालुवाटारमा बस्ने उक्त बैठकमा पार्टी एकताको कार्यसूची रहेको छ । 

यस्तै माओवादी केन्द्रले आज बैठक बोलाएको छ । एमाले र माओवादीबीच सकेसम्म भोलि नै पार्टी एकताको घोषणा गर्ने तयारी छ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?