व्यासमा हरिबोधिनी एकादशीमा सार्वजनिक बिदा

RSS
56
Shares

तनहुँ । व्यासनगरपालिकाले यही कात्तिक २९ गते हरिबोधिनी एकादशीका दिन सार्वजनिक बिदा दिएको छ । नगरपालिकाको कात्तिक २३ गते बसेको कार्यपालिकाको बैठकले उक्त दिन बिदा दिने निर्णय गरेको हो ।

व्यासनगरपालिकाअन्तर्गत सम्पूर्ण कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था अत्यावश्यक सेवाबाहेक बिदा दिइएको व्यासनगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए ।

त्यसैगरी व्यासनगरपालिका भित्रका सामुदायिक तथा निजी शैक्षिक संस्था एवं अन्य संघसंस्थाहरूमा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?