काठमाडौं । आज सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कमिटी बैठक बस्दैछ ।
आगामी १४ औँ महाधिवेशनको तयारीका विषयमा छलफलका लागि बैठक बस्न लागेको हो ।
आजको बैठकका एजेण्डाहरु तय गर्नका लागि शनिबार पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक बसेको थियो । सोही अनुसार आज कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बालुवाटारमा बैठक बस्न लागेको नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले लोकपथलाई जानकारी दिए ।
बैठकमा कांग्रेसको निर्वाचन समितिले सार्वजनिक गरेको महाधिवेशन कार्यतालिका अनुमोदनसहित विभिन्न उपसमितिहरु गठन गर्ने एजेण्डाहरु रहेको उनले बताए ।
प्रवक्ता शर्माका अनुसार केन्द्रीय कमिटी बैठक केहीबेरमा बस्दैछ । ‘पूर्व निर्धारित एजेण्डामा नै छलफल गर्न आज बैठक बस्न लागेको हो । बैठक अब करिब आधा घण्टा जतिमा सुरु हुन्छ ।’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया