यस्तो छ आजको टप १५ हेडलाइन्स (भिडियोसहित)

लोकपथ
259
Shares

१. जनकपुरमा दुई समुदायको विवादले उग्ररूप लिँदा प्रहरीद्वारा ७ राउन्ड अश्रु ग्यास प्रहार, २ जना प्रहरीसहित ३ जना घाइते, भोलि राति १० बजेसम्म निषेधाज्ञा

२. क्रियाशील सदस्यता विवादका कारण ढिला भएका १३ जिल्लामा नेपाली कांग्रेसको आजदेखि वडा अधिवेशन प्रारम्भ, सर्लाहीमा पार्टीका निर्वाचन अधिकृतले राजीनामा दिएका कारण वडा अधिवेशन हुनेमा अन्योल कायमै

३. नेकपा एकीकृत समाजवादी पार्टीले दक्षिणपन्थी र प्रतिगमनविरुद्धको लडाइँ लडिरहेको अध्यक्ष माधवकुमार नेपालको भनाइ, सामाजिक न्यायसहितको समाजवाद चाहेको टिप्पणी

४. भ्रष्टाचार र अनियमितताविरुद्ध सशक्त ढंगले कलम चलाउन पत्रकारहरुलाई अर्थमन्त्री जनार्दन शर्माको आग्रह, उत्पादन र रोजगारी सृजनाको पक्षमासमेत कलम चलाउनुपर्नेमा जोड

५. नेपालमा कोरोनाविरुद्धको खोपको अभाव नभएको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको दाबी, देशका ७७ वटै जिल्ला अस्पताल र काठमाडौं उपत्यकामा पाँचवटा सरकारी अस्पतालमा खोप लगाउन सकिने भनाइ

६. गुठीसम्बन्धी कानुन निर्माण गर्दा सरोकारवालासँग छलफल गर्ने भूमि व्यवस्थामन्त्री शशी श्रेष्ठको भनाइ, सांस्कृतिक सम्पदाको जगेर्ना तथा संरक्षण गर्दै गुठीलाई वैज्ञानिक ढंगले व्यवस्थित गर्दै लैजान जोड

७. नेकपा एमाले दक्षिणपन्थी गुटले कब्जा गरेकाले विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुपरेको नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालको आरोप, केपी शर्मा ओलीले समाजवादी क्रान्तिको रूपान्तरणलाई समेत अस्वीकार गरेकाले विद्रोह अनिवार्य भएको दाबी

८. सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्यमा समस्या, अचानक रक्तचाप बढेपछि मेडिसिटी अस्पतालमा भर्ना

९. सर्वोच्च अदालतमा देखिएको समस्या छिट्टै समाधान हुनेमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको विश्वास, न्यायालयभित्र राजनीतिक दलहरुले हस्तक्षेप गर्न उचित नहुने धारणा

१०. विद्युतीय बस खरिद र हेटौंडा–काठमाडौं सुरुङ मार्ग योजना स्थगित, सडक पूर्वाधार र चार्जिङ स्टेसन पनि नबनेकाले योजना स्थगित गर्नुपरेको मुख्यमन्त्री राजेन्द्र पाण्डेको दाबी

११. समाजवादी प्रेस संगठनले गर्यो २ सय १५ सदस्यीय केन्द्रीय समिति घोषणा, अध्यक्षमा सम्भु श्रेष्ठ र महासचिवमा भुपराज खड्का

१२. नेपालमा पछिल्लो २४ घण्टामा गरिएको ८ हजार २ सय ४३ परीक्षणमा थप २ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि, ४ सय ७८ जना कोरोना संक्रमणमुक्त, २ जनाको मृत्यु

१३. फिलिपिन्सका राष्ट्रपति रोड्रिगोकी छोरीले उपराष्ट्रपति पदका लागि उम्मेदवारी दिने, जनताले चाहेअनुसार आफूले काम गर्ने गरेकाले आफू निर्वाचित हुनेमा विश्वास

१४. चिनियाँ राष्ट्रपति सी जिङ फिङले नोभेम्बर १६ मा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भिडिओ लिङ्कमार्फत संवाद गर्ने, चीन–अमेरिका बीचको द्वीपक्षीय सम्बन्धबारे विचार आदानप्रदानका साथै साझा चासोका मुद्दाहरूमा छलफल हुने

१५. मेघराज केसी सातदोबाटो युथ क्लबको मुख्य प्रशिक्षकमा नियुक्त, पहिलो पटक ए डिभिजन लिग खेल्नलागेको सातदोबाटोलाई सफल टिम बनाउने प्रतिबद्धता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?