विश्व मधुमेह दिवसः भयावह बन्दै मधुमेह

लोकपथ
13
Shares

१४ नोभेम्बरलाई विश्व मधुमेह दिवसको रूपमा संयुक्त राष्ट्र सङ्घले सन् २००६ देखि जनचेतना जगाउने दृष्टिकोणबाट मनाउन थाले पनि यो रोगका रोगीहरूको सङ्ख्या विश्वभर घट्नुको सट्टा अझ बढी रहेको छ ।

‘मधुमेह हेरचाहमा पहुँच– यदि अहिले हैन भने, कहिले ?’ भन्ने नाराका साथ मनाउन लागिएको यो दिवसमा यो वर्ष १ सय ६० भन्दा बढी राष्ट्रका १ अर्ब व्यक्ति जनचेतना जगाउने कार्यक्रममा सरिक हुने अनुमान गरिएको छ ।

विश्वमा मधुमेह रोगीहरूको सङ्ख्या बढ्नुमा चिकित्सकहरूले उचित खानपिन, स्वस्थ जीवनशैली नहुनुलाई मुख्य कारण मानेका छन् । अन्तर्राष्ट्रिय डायबिटिज फेडेरेसनका अनुसार सन् २०१९ मा विश्वमा ४६ करोड ३० लाख व्यक्तिमा मधुमेह रहेको थियो । यो सङ्ख्या अहिले बढेर ५३ करोड ७० लाख पुगेको छ भने सन् २०३० सम्ममा ५७ करोड ८० लाख व्यक्ति मधुमेहबाट पीडित हुने अनुमान गरिएको छ ।

फेडेरेसनको तथ्याङ्क अनुसार प्रत्येक दुई जनामा एक जना मधुमेह भएको व्यक्तिको परीक्षण हुन सकेको छैन भने प्रत्येक ४ जनामा ३ जना मधुमेहका बिमारीहरू कम आय भएका व्यक्तिहरू हुने गरेका छन् । सोही तथ्याङ्क अनुसार सन् २०१९ मा ४२ लाख व्यक्तिको मृत्यु मधुमेहकै कारण भएको थियो ।

दक्षिण पूर्वी एसियामा प्रत्येक ११ जनामा एक जनालाई मधुमेह भएको पाइएको छ । यो क्षेत्रमा सन् २०३० मा ११ करोड ३० लाख व्यक्ति मधुमेहबाट पीडित हुनेछन् भने सन् २०४५ सम्ममा यो सङ्ख्या बढेर १५ करोड १० लाख पुग्ने अनुमान गरिएको छ । यहाँ सन् २०२१ मा मधुमेहका कारण ७ लाख ४७ हजार मानिसको ज्यान गएको थियो ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा मधुमेहका बिमारीको सङ्ख्या ४ लाख ४६ हजार भन्दा बढी रहेको छ । अहिले मधुमेहको वृद्धिदरलाई हेर्ने हो भने सन् २०३० सम्ममा नेपालमा मधुमेहका बिमारीको सङ्ख्या १३ लाख २८ हजार पुग्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?