काठमाडाैं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत हप्ता गरेको भ्रमणक्रममा नेपालको राष्ट्रियता र सार्वभाैमसत्तामा दख्खल पार्ने काम भएको जनाउँदै नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विरोध प्रदर्शन गरेको छ ।
महामन्त्री कुन्दन काफ्लेको नेतृत्वमा त्रिचन्द्र क्याम्पसअघि नेविसंघले प्रदर्शन गरेको हो ।
मोदी नेपाल अाउँदा भाजपाका सांसद किर्ती अाजादले नेपालको जनकपुर भारतमा गाभ्नुपर्ने धारणा सामाजिक सञ्जालमा राखेपनि नेपाल सरकारले कुनै प्रतिक्रिया नदिएको, प्रकृया मिचेर जनकपुरस्थित जानकी मन्दिरको साँचो भारतीय प्रधानमन्त्रीलार्इ सुम्पेको, मोदी भ्रमणमा नेपाली प्रेसलार्इ समाचार संकलनमा प्रतिबन्ध लगार्इ भारतीय मिडियालार्इ निर्बाध प्रवेश दिएको, अोलीले लगाएको पोशाकले नेपालको राष्ट्रियतामाथि खिल्ली गरेको एवं वर्तमान वाम गठबन्धनको सरकारले मुखमा राष्ट्रवाद-काममा राष्ट्रघात गरेकाले प्रदर्शन गरिएको नेविसंघका केन्द्रीय सदस्य शुशील भट्टले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया