युवा संघद्वारा २४९ सदस्यीय आयोजक कमिटी गठन

काठमाडौँ – युवा संघ नेपालले २४९ सदस्यीय आयोजक कमिटी गठन गरेको छ । 

सङ्घको वैशाख ३–६ मा सम्पन्न केन्द्रीय कमिटी बैठकले तत्कालीन उपाध्यक्ष रमेश पौडेलको संयोजकत्वमा नवौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेपछि आज पूर्णता दिइएको उपाध्यक्ष प्रभातविक्रम कटवालले जानकारी दिए  । आगामी असोज ६–८ गते काठमाडौँमा अधिवेशन गर्ने निर्णय पनि भएको छ । 
यसअघि महाधिवेशनका लागि आयोजक कमिटीका संयोजकमा नीरुदेवी पाल र राजीव पहारीलाई समेत जिम्मेवारी दिइएको थियो । संगठनभित्रको आन्तरिक समस्या तथा राज्यका तीनै तहका चुनाव भएका कारण निर्धारित समयमा महाधिवेशन हुन सकेको छैन । 
अधिवेशनका लागि २० समिति पनि गठन गरिएको छ जसमा राजनीतिक प्रतिवेदन लेखन समिति संयोजकमा रमेश पौडेल, मूल व्यवस्थापन समिति संयोजकमा किरण पौडेल, साङ्गठनिक समितिमा नरेश शाही, प्रचारप्रसार समितिमा कटवाल रहेका छन्  । रमेश पौडेल नेतृत्वको आयोजक कमिटीले वाइसिएलसँग एकताका लागि आवश्यक गृहकार्य गरी महाधिवेशनका लागि तिथि तय गर्ने जनाइएको छ । सङ्घ( सिरहा अधिवेशन पहिले प्ररायुसङ्घ)का अध्यक्षमा केपी शर्मा ओली, केशव स्थापित, उदयराज पाण्डे, पशुपति चौलागाईँ, गोकर्णराज विष्ट, अजम्बर काङ्माङ, महेश बस्नेत रहीसकेका छन्  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?