मोटरसाइकल दुर्घटना हुँदा मृत्यु

RSS
0
Shares

दमक । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका–५ स्थित लभडाँडा सडकखण्डमा भएको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा कमल–५ का २४ वर्षीय डिल्लीराम शाही छन् ।

बिहीबार अपराह्न भएको दुर्घटनाका घाइते मोटरसाइकल चालक शाहीको उपचारका क्रममा आज बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र१–०२–०४१प २००० नं को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा शाहीको टाउकामा चोट लागेको र उपचारका क्रममा मृत्यु भएको हो ।

सो दुर्घटनामा पछाडि सवार घाइते इटहरी–२० का २५ वर्षीय रुपम तामाङको भने उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?