काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु रूपन्देहीले बिहीबार बुटवलमा चक्काजाम गरेको छ । सो क्रममा विद्यार्थीहरुले मूल्यवृद्धि फिर्ताको माग गरेका छन् ।
अनेरास्ववियु रूपन्देहीका सचिव प्रकाश पराजुलीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तुरुन्त फिर्ता लिन माग सरकारलाई माग गरे । बुधबार रातिदेखि लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्याँसमा मूल्यवृद्धि गरेको थियो । निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाएको छ।
मूल्य वृद्धि भएसँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय ३६ रुपैयाँ पुगेको छ। त्यस्तै मट्टीतेल र डिजेलको मुल्य १ सय १९ रुपैयाँ प्रतिलिटर पुगेको छ। विद्यार्थीहरुले मूल्य वृद्धि फिर्ता नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया