प्रधानसेनापति शर्मालाई भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी

RSS
217
Shares
k|wfg ;]gfklt zdf{nfO{ dfgfy{ dxf/yL bhf{sf] bHof{gL k|bfg sf7df8f}F,@$ sflQsM ef/tLo /fi6«klt /fdgfy sf]ljGb ef/tsf] cf}krfl/s e|d0fdf /xg’ePsf k|wfg ;]gfklt k|e’/fd zdf{nfO{ /fi6«klt ejgdf a’waf/ cfof]lht ljz]if ;’zf]eg sfo{qmddf ef/tLo :yn ;]gfsf] dfgfy{ dxf/yL bhf{sf] bHof{gL k|bfg ub}{ . tl:a/ ;f}hGoM ef/tLo /fi6«kltsf] 6jL6/af6÷/f;;

काठमाडौं । भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट प्रधानसेनापति प्रभुराम शर्मालाई भारतीय स्थल सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा आज आयोजित समारोहमा प्रधानसेनापति शर्मालाई भारतीय स्थल सेनाको मानार्थ महारथीबाट सुशोभन गरिएको हो । नेपाल–भारतबीच एक–अर्का मुलुकका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने अनुपम परम्परा छ ।

भारतका स्थल सेनाध्यक्ष जनरल एमएम नरवणेको औपचारिक निमन्त्रणामा उनी भारतको चार दिवसीय औपचारिक भ्रमणका लागि मंगलबार नयाँ दिल्ली गएका थिए । भ्रमणका क्रममा महारथी शर्माले विभिन्न भारतीय उच्चपदस्थ पदाधिकारीसँग भेटघाट गर्ने कार्यक्रम छ । महारथी शर्मा भारत भ्रमण सकेर यही कात्तिक २६ गते स्वदेश फर्कनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?