यसपटक कालापानी र लिपुलेक क्षेत्रमा पनि जनगणना हुने

लोकपथ
567
Shares

काठमाडौं । राष्ट्रिय जनगणना– २०७८ दार्चुलाको कालापानी लिपुलेक क्षेत्रमा पनि जनगणना हुने भएको छ ।

बुधबार पत्रकार सम्मेलन गर्दै तथ्यांक विभागले सो कुरा जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमार्फत विभागले अनुमानसहितको नतिजा प्रकाशित गर्ने पनि बताएको छ ।

भारतसँग विवाद रहेको उक्त क्षेत्रमा जनगणनाको लागि भारतसँग कुटनीतिक पहल भइरहेको विभागका महानिर्देशक नेविलाल श्रेष्ठले जानकारी दिए ।

भोलिदेखि ११औँ राष्ट्रिय जनगणना सुरु हुँदैछ । सबै तयारीहरु पूरा गरी भोलिबाट देशभर गणकहरु गाउँगाउँ जाँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?