गृहमन्त्री बालकृष्ण खाँणसँग लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्का, कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडिया र योजना आयोगकाउपाध्यक्ष वामदेव क्षेत्रीलगायतको टोलीले भेट गरेको छ ।
गृहमन्त्री खाँणलाई टोलीले प्रदेशको बजेट, प्रदेश प्रहरी ऐन, सङ्घीय निजामति सेवा ऐनअनुरुप काम कारबाही नभएको सन्दर्भमा जानकारी गराएको नेता कनौडियाले बताए । सो अवसरमा गृहमन्त्री खाँणले टोलीले उठाएका समस्या समाधानका लागि सक्दो पहल गर्ने विश्वास दिलाए । टोलीमा प्रदेश योजना आयोगका सदस्य दामोदर भुसाल, सांसद रेखा शर्माको उपस्थिति थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया