देशैभर क्रान्तिकारी माओवादीका ५४ जना नेता कार्यकर्ता गिरफ्तार

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण, राष्ट्रघाती अरुण तेस्रोको शिलान्यास तथा ओली–मोदी गठबन्धनका विरुद्ध शनिबार पूर्वघोषित कार्यक्रम अनुसार जुलुश प्रदर्शनको क्रममा प्रहरीले हस्तक्षेप गरी देशैभर नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सीपी गजुरेलसहित ५४ जना नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ । 
प्राप्त जानकारी अनुसार विरोध जुलुस तथा प्रदर्शनको क्रममा काठमाडौंको रत्नपार्कबाट पार्टीका स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सपी गजुरेल, पी.वि.एम.द्वय कमल चौधरी तथा पवनमान श्रेष्ठ, सिसिएम सुरेश श्रेष्ठ, शारदा महत, रमेश पौडेल, खगेन्द्र छन्त्याल, इन्दिरा अधिकारी, टेकबहादुर विक, शोभा विश्वकर्मा, मनोज बुढाथोकी, भूमि बुढाथोकी, सुरेन्द्र राई, मधु राई, जितबहादुर लामा, सुमित्रा न्यौपाने, अर्जुनलाल श्रेष्ठ, प्रेम तामाङ, नमस्ते सायमी, कर्ण विसी, मंगल तामाङ, ज्ञानेन्द्र प्रजापति, सरोज मोक्तान, बद्रहरि नेपाल, दीलबहादुर तामाङ, सुरेश तामाङ, फडिन्द्र कार्की, बालकुमार सुनारसहित २९ जनालाई गिरफ्तार गरिएको छ ।  
यसैक्रममा हिजो काठमाडौंको असनमा अवस्थित नेकपा (क्रान्तिकारी) को जिल्ला कार्यालयबाट पार्टीका केन्द्रिय समिति सदस्यद्वय अमिर महर्जन तथा हरिकृष्ण गजुरेल, देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्य गोर्की श्रेष्ठका साथै अरुण तेस्रो शिलान्यासका विरुद्ध अनसनरत अनेरास्ववियू (क्रान्तिकारी) का केन्द्रीय सचिव तथा काठमाडौंका संयोजक महेश श्रेष्ठ, केन्द्रीय सदस्यहरु जितेन्द्र लम्साल, संघर्ष दाहाल सहित ९ जना नेता कार्यकर्ताहरुलाई पनि गिरफ्तार गरी प्रहरी हिरासतमा राखिएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?