३ भाद्र २०७९, शुक्रवार

अग्र्यानिक अकबरे बन्दैछ, छथरको कोसेली

२०७४,आश्विन,२४,मंगलवार १०:०७

0
Shares

तेह्रथुम, २४ असोज ।छथर गाउँपालिकामा उत्पादन भएको अकबरे खुर्सानी यहाँको कोसेलीको रुपमा परिचित बनेको छ ।यहाँ आएर फर्किने तथा देश विदेशमा रहनेले अकबरे खुर्सानी र यसका परिकारलाई कोसेलीको रुपमा प्रयोग गर्न थालेका हुन् । कृषकले व्यावसायिक रुपमा अकबरेखेती गर्न थालेपछि स्थानीयस्तरमै यसका विभिन्न परिकारसमेत तयार भइरहेका छन् ।केहीवर्ष अघिसम्म आफ्नै लागि किनेर खुर्सानी प्रयोग गर्ने किसानले अहिले व्यावसायिक खेती गर्दै यही पेशाबाट जीविकोपार्जन गरिरहेका छन् । अहिले यहाँ आउने आगन्तुकले फर्किर्नबेला खोजी गर्ने कोसेलीमा सबैभन्दा धेरैले अकबरे खुर्सानीको खोजी गर्छन् ।चाडपर्व तथा विभिन्न काम विशेषमा छथर आउने जानेले कोसेलीको रुपमा अकबरे खुर्सानीको अचार लैजाने चलन बढेको छथर गाउँपालिका–६, सुदापकी कृषक शिवमाया खड्काले बताइन । रासायनिक विषादी र मल प्रयोग नगरी किसानले उत्पादन गरेको अग्र्यानिक अकबरे खुर्सानी यहाँको अहिलेको सबैभन्दा लोकप्रिय कोसेली बनेको छ ।यहाँको उत्पादन अग्र्यानिक र व्यावसायिक छ । त्यसैले देश विदेशमा छथरको अकबरे लोकप्रिय बन्न थालेको हो । छथरमा अकबरे खुर्सानीबाट जीविकोपार्जन गर्ने किसानको संख्या वर्षेनी थपिँदै छ । यहाँका अधिकांश किसानलाई व्यावसायिक र अग्र्यानिकखेती गर्न दलित सचेतना समाज नेपालले तालीम र बीउ पुँजी सहयोग गरेको छ ।अकबरे खेतीमा शुरुमा महिला कृषकको मात्रै संलग्नता थियो । अहिले पुरुषले पनि यो खेतीमा मिहेनत गरेर आम्दानी गरेका छन् । व्यावसायिक खेती सुरु भएपछि गाउँमै यसको अचार बनाउने सीप सिकेका महिलासमेत धेरै रहेको सुदापकै किसान जनक दासले बताए । अकबरे खुर्सानी अहिले प्रति किलो रु तीन सयदेखि रु ५०० सम्ममा किनबेच भइरहेको छ ।यहाँ उत्पादित अकबरे खुर्सानी पूर्वका धरान, विराटनगर, मोरङ, झापालगायत राजधानी र विदेशमा समेत निर्यात भइरहेको छ । तर विशेषगरी कोसेलीको रुपमा विदेशतिर धेरै जाने गरेको किसान आफैँ बताउँछन् । छथर गाउँपालिकाका सबै वडामा अकबरे खुर्सानीको खेती भइरहेको छ । 

प्रकाशित मिति: २०७४,आश्विन,२४,मंगलवार १०:०७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालले उड्डयन सुरक्षाको क्षेत्रमा उल्लेख्य प्रगति गरेको बताएका छन् । नेपाल

जुम्ला । जुम्लाका पर्यटकीय तथा धार्मिक महत्व बोकेका मष्टोहरूमा मेला सुरू भएको छ । कोरोना महामारीका कारण रोकिएका मेला यसपटक

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा रातको समयमा दुईपाङ्ग्रे सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ । आइतबार जंगली जनावरको

काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीहरुको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को अध्यक्षका उम्मेद्वार निलहरि बाँस्तोलाले अध्यक्ष निर्वाचित

ताजा समाचार

जुम्लाबाट ‘प्रकाश’को वर्ल्ड प्रिमियर
 २०७९,भाद्र,३,शुक्रवार १६:०१
दिवेशले ७ शहरमा ९ वटा कन्सर्ट गर्ने
 २०७९,भाद्र,३,शुक्रवार १४:१७