काखीमा रौँ किन आउँछ ? आफ्नै छ महत्त्व

लोकपथ
3.1k
Shares

काखीमा रौँ आएको कसैलाई मन पर्छ भने कसैलाई मन नपर्न पनि सक्छ । यो सबैको नितान्त निजी बिचार हो । हाम्रो शरीरमा जन्मेदेखि हुने रौँ र उमेर बढ्दै गएपछि आउने रौँको आ–आफ्नै किसिमको विशेषता रहेको हुन्छ । हाम्रो शरीरको महत्त्वपूर्ण अङ्गको रूपमा रहेको काखीको रौँको विषयमा भने कमै जानकार छौँ ।

किशोरीहरू १२ वर्ष र किशोरहरू ११ वर्ष भएपछि उनीहरूको शरीरमा रहेको पिट्युअरी ग्ल्याण्डमा एण्ड्रोजन हार्मोन सक्रिय हुन थालेपछि उनीहरूको शरीरमा रौँ पलाउन थाल्छ । जब शरीरमा सेक्स हार्मोनको विकाश हुन थाल्छ यसले एपोक्राइन नाम गरेको पसिनाको ग्रन्थिलाई सक्रिय बनाउन थाल्छ र काखीमा रौँ उम्रिन थाल्छ । कतिले काखीमा उम्रिएको रौँलाई खौरेर फ्याल्ने गरे पनि काखीको रौँको आफ्नै किसिमको विशेषता रहेको छ ।

हाम्रो शरीरबाट आ–आफ्नै किसिमको गन्ध आइरहेको हुन्छ । यसलाई फेरोमोन्स भनिन्छ । जब काखीबाट पसिना आउँछ यसले फेरोमोन्स हार्मोनलाई सक्रिय बनाउँछ । यो हार्मोनको कारण शरीरबाट आएको गन्धले बिशेषत विपरीत लिङ्गीलाई आकर्षित गर्ने गर्छ । पुरुषको शरीरबाट आउने यो गन्धले महिलाहरूको तनाव न्यूनीकरण गर्न समेत मद्दत पुगेको केही शोधहरूले देखाएको छ ।

यदि कुनै काम वा शारीरिक अभ्यासलाई धेरै गर्दा छाला तातिरहेको हुन्छ । यस्तो कार्यले शरीर तातेपछि काखीमा पसिना आउँछ । काखीमा पसिना आएपछि हाम्रो बाहिरी छालालाई तात्नबाट यसले रोक्ने गर्छ ।
काखीको रौँलाई स्वास्थ्यको दृष्टिकोणले धेरै नै फाइदाजनक मानिन्छ । यदि छाला सम्बन्धी कुनै किसिमको समस्या छ भने सकभर काखीको रौँलाई ब्लेडले नखौरिन सल्लाह समेत दिइन्छ ।

यदि काखीबाट धेरै नै पसिना र गन्ध आउने गर्छ, जसको कारण अरूलाई असजिलो हुन्छ भने त्यस्ता व्यक्तिले काखीको रौँ खौरन छाला रोग विशेषज्ञहरू सल्लाह दिन्छन् ।

यदि काखीमा रौँ आएन वा यसको वृद्धि निकै सुस्त गतिमा भइरहेको छ भने यसको अर्थ तपाईँमा कुनै किसिमको शारीरिक समस्या भएको कारणले पनि हुन सक्छ । जस्तो कसैलाई मधुमेह, मिर्गौला सम्बन्धी कुनै समस्या वा थाइराइडको समस्या भएको कारणले पनि हुनसक्छ । यो विषयमा चिकित्सकसँग परीक्षण गर्नु नै राम्रो हुन्छ ।

वंशाणुगत रूपमा कसैमा कम रौँ आउने पनि हुन्छ । तर काखीमा रौँ आउनु स्वास्थ्यको दृष्टिकोणले राम्रो मानिन्छ । शरीरमा रौँ भएको अवस्थामा यसले शरीरलाई बाहिरी प्रदूषणबाट रोक्न मद्दत समेत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?