काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी यतिबेला आफ्नो तेस्रो नेपाल भ्रमणका क्रममा नेपालमा छन् । दुई दिने नेपाल भ्रमणमा आएका मोदी हवाईजहाजबाट सिधै जनकपुर उत्रेका थिए । उनलाई नेपालका प्रधानमन्त्री केपी ओली सहितको टोलीले स्वागत गरेको थियो । जानकी मन्दिरको पूजापछि उनलाई नागरिक अभिनन्दन गरिएको थियो ।
जनकपुरपछि उनी काठमाडौं आएका थिए । उनलाई काठमाडौंमा पनि स्वागत गरिएको थियो ।
मोदीले काठमाडौंकै बसाइका क्रममा लामो समयदेखि अल्झेर बसेको अरुण तेस्रोको पनि नरेन्द्र मोदी र केपी ओलीले रिमोटबाट शिल्यान्यास गरेका थिए । त्यस्तै दुई प्रधानमन्त्रीबीच वान टु वान वार्ता भएको थियो ।
साथै नरेन्द्र मोदीले नेपालका पूर्वप्रधानमन्त्री र राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेटेका थिए ।







तस्वीरः रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया