भारतले मिचेको भू-भाग हेर्न सीमामा पुगे कांग्रेस सांसद

दीपेन्द्र बस्नेत 

पुनर्वास । जनकपुर र राजधानीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भब्य स्वागत र सम्मान भइ रहेको बेला प्रदेश नम्बर ७ का साँसदहरुको टोली कञ्चनपुरको पुनर्वास स्थित सीमावर्ती बिचफाँटा पुगेर घटनाको अनुगमन गरेको छ । 
 

चौध दिन अघि भारतीय सीमा सुरक्षा बल एसएसबीले तोडफोड गरि तारबार भत्काएको सीमा क्षेत्रको स्थलगत अनुगमन गरि मोदीको स्वागतमा जुटेको सरकारले सीमानामा गरिएको भारतीय ज्यादती ओझेलमा पारिएको अनुगमनमा पुगेको काँग्रेस सभषद टोलीले बताएको छ । 

भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणकै दिन १४ दिन अघि एसएसबीले मर्माहत हस्तक्षेप गरेको पुनर्वासको बिचफाँटा पुगेर काँग्रेस साँसदहरुले घटनाको भत्सर्ना गरेका छन् ।
प्रदेश नम्बर ७ का सभाषद देवराज पाठक र श्यामलाल रानाको टोलिले पुनर्वासमा कोणसभाको आयोजन गरेका थिए । 

शुक्रवार पुनर्वासमा आयोजित कोणसभामा बोल्दै प्रदेश साँसद देवराज पाठकले भने " १४ दिन अघि यहाँको भुमिमा भारतीय एसएसबिले गरेको ज्यादती निन्दनीय हो । कुटनैतिक मर्यादाको उलंघन गर्दै गरिएको हस्तक्षेपका विरुद्ध केन्द्र सरकार र प्रदेश सरकारले मौनता देखाउनुले राष्ट्रियता माथी गम्भीर आघात पुगेको छ ।" उनले भने पुनर्वासको बिचफाँटामा भारतीय एसएसबी द्वारा भएको उक्त निन्दनीय कदमको खबर पाउँदा पाउदै पनि गृह प्रशासनले देखाएको बेवास्ता भर्त्सना योग्य छ । अब यो घटनाका सम्बन्धमा प्रदेश सभामा जवाफ मागिने छ ।" 
सीमा क्षेत्रको अनुगमनमा पुगेका सभाषद श्यामलाल रानाले भने " मोदी जिको आरतीमा ब्यस्त रहेको सरकारले सीमामा गरिएको ज्यादती र हस्तक्षेप देखेन र जनताको पीडा सुनेन । " उनले भने अब

काँग्रेसले प्रतिपक्षका हैसियतले सदनमा यो बारे जवाफ माग्ने छ । स्वाधिन देशमाथी गरिएको भारतीय हस्तक्षेप नियन्त्रणमा सरकार गैर जिम्मेवार देखिएको छ । हामी सरकारमा बस्नेहरुलाई स्मरण गराउने छौ हिजो भारतलाई चर्को गाली गरेको किन ? सत्तामा पुग्नकै लागि हो त ? अनि आज मोदी को स्वागत ,सम्मानकै नाउँमा भारतीय नाङ्गो हस्तक्षेप किन नदेखिएका ? के सरकार र सत्ताको आयु लम्ब्याउन त होईन यति धेरै मोदीका सामु लम्पसार परेको ।" 

काँग्रेस पुनर्वास नगर सभापति यमप्रसाद पौडेलको सभापतित्वमा आयोजित कार्यक्रममा कञ्चनपुर क्षेत्र नम्बर एकका क्षेत्रीय सभापती गोपीप्रसाद उपाध्यायले स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?