जन्मकैद सुनाइएका कटहरिया नगरपालिकाका मेयर पक्राउ

काठमाडौं, २७ वैशाख – काशी तिवारी हत्याकाण्डमा जन्मकैदको फैसला सुनाइएका सियाराम कुशवाहलाई प्रहरीले पक्राउ गरेको छ ।

रौतहटको कटहरिया नगरपालिकाका मेयर कुशवाहलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले बिहीवार काठमाडौंमा पक्राउ गरेको हो ।

माओवादीबाट कटहरिया नगरपालिकाको मेयरमा निर्वाचित भएका कुशवाह मेयर हुनुअघि सहरी विकास मन्त्री प्रभु शाहका स्वकीय सचिव भएका थिए ।

यसभन्दा पहिले जनकपुरको उच्च अदालतले २० वर्षको कैद सजाय सुनाएको थियो । न्यायाधीस लेखनाथ घिमिर र नारायणप्रसाद श्रेष्ठको इजलासले फैसला सुनाएका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?