काठमाडौं । नेपालको राजकीय भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ गते जनकपुर आउँदै छन् । भारतको पटनाबाट सीधै जनकपुर अवतरण गर्ने मोदी दिउँसो काठमाडौं आउनेछन् ।
नेपाल भ्रमणमा आउँदा भारतीय प्रधानमन्त्री मोदी सिंहदरबार प्रवेश नगर्ने भएका छन् ।
मोदी काठमाडौंको चुच्चेपाटीस्थित हायात होटलमा बस्नेछन् भने राजनीतिक भेटवार्ताहरु द्वारिकाज होटलमा हुनेछ ।
स्रोतका अनुसार प्रधानमन्त्री ओली पनि भारतीय समकक्षीलाई भेट्न द्वारिकाज नै जानेछन् । दुई देशका प्रधानमन्त्रीको भेटवार्ता सोही होटलमा तय गरिएको छ ।
‘०७२ वैशाख १२ गते गएको भूकम्पबाट सिंहदरबारको मूल भवनमा क्षतिग्रस्त छ ।’ एक मन्त्रीले भने । राजनीतिक भेटका लागी ठाउँ अभाव हुने बताउँदै उनले भने, ‘मोदी जी धेरै व्यस्त हुनुहुन्छ । र, बाटोमा पनि धेरै खाल्डाखुल्डी छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया