काठमाडौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षा ब्यवस्थापनका लागि भारतीय सेनाको स्पेशल कमाण्डो टोली राजधानी काठमाडौं र मुस्ताङ मुक्तिनाथमा परिचालन भएको छ । नेपाली सेनासंगको समन्वयमा उक्त क्षेत्रहरुमा परिचालन भएको जनाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक निमन्त्रणमा छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री मोदी दुई दिने नेपालको औपचारिक भ्रमणको सिलसिलामा आज दिउँसो जनकपुर आइपुगेका छन । उनको सुरक्षा ब्यवस्थापनका लागि करीव एकसय जना भारतीय सेनाको कमाण्डो टोली नेपाल आएको हो ।
भारतीय सेनाको स्पेशल कमाण्डो टोली जनकपुर, काठमाडौं र मुस्ताङमा खटाइएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेना पनि परिचालन गरिएको छ । स्रोतका अनुसार, मंगलबार बिहान काठमाडौंमा मोदीले प्रयोग गर्ने दुई ओटा बुलेटप्रुफ गाडीहरु नेपाल आइपुगेका छन् ।
काठमाडौं आएको ७० जना मध्ये २० जना भारतीय सेनाको कमाण्डो टोली बस्दोबस्तीका सामाग्री सहित बुधवार मुस्ताङ पुगेको छ । काठमाडौंमा तैनाथ कमाण्डोले प्रधानमन्त्री मोदीको वासस्थान होटल हायत र कार्यक्रम स्थलको सुरक्षा अवलोकन गरेको छ ।
मंगलबार नै भारतीय वायु सेनाको विमानबाट जनकपुर आइपुगेको सुरक्षा टोली पनि काठमाडौंमा नै आउने छ । नेपाल प्रहरीले मात्र मोदीको सुरक्षाका लागि पाँचहजार प्रहरी काठमाडौंमा परिचालन गरिएको जनाएको छ ।
मोदीको नेपाल भ्रमण सुरक्षाको नेतृत्व तथा समन्वय नेपाली सेनाले गरेको छ । सुरक्षाको पहिलो घेरामा भारतीय सुरक्षाकर्मी भएपनि दोस्रो सुरक्षा घेरामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको टोलीलाई परिचालन गरिएको छ ।
मोदीको सुरक्षामा सेना र प्रहरीको तालिम प्राप्त कुकुर समेत परिचालन गरिनेछ । काठमाडौंमा हुने औपचारिक कार्यक्रममा मोदी आफ्नै बुलेट कारमा सवार हुने छन् । भारतीय कमाण्डोले मोदीको भ्रमणका प्रयोग गर्न रेन्जरोभर र बिएमडब्लु ‘बुलेट प्रुफ’ कार हिजो नै ल्याइ पुर्याएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया