काठमाडौं । पछिल्लो केही महिनायता नेपालमा कोरोना संक्रमणको दरमा कमी आएसँगै संक्रमितको संख्यामा समेत कमि आएको छ । हाल नेपाल सक्रिय कोरोना संक्रमितको संख्या ९ हजार ५ सय २६ रहेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप ३ सउ ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर ७ हजार ९ सय ११ जनाको परीक्षण गर्दा २ सय ९७ जनामा पीसीआर र ७५ जनाको एन्टीजेन पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रायलले जनाएको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा थप ९ सय ११ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ९१ हजार २ सय ६९ पुगेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणको कारण ११ हजार ३ सय ९९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै नेपालमा कोरोना संक्रमणको कारण थप ११ जनाको मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया