काठमाडौं । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।
करिब पौने ३ घण्टासम्म चलेको यस छलफलमा पार्टी एकता लगायत सोमबार प्रधानमन्त्री ओलीले गरेको ट्विटका विषयमा छलफल भएको हो ।
बैठकमा प्रचण्डले प्रधानमन्त्री ओलीलाई प्रश्न गर्दै भने, तपाईले सामाजिक सञ्जाल गर्नुभएको त्यो ट्विट को प्रति लक्षित थियो ? यसको जवाफ दिदै ओलीले भने, ‘मैले अरु नै सोचेको थिए, तर त्यस्तो भाषामा ट्विट गर्दिएछन् ।’
बालुवाटार स्रोतका अनुसार दुई शीर्ष नेताबीच ट्विटले सृजना गरेको भ्रम माथिको छलफल गर्नुका साथै पार्टी एकताका लागि विश्वासको वातावरण कसरी बनाउने भन्नेबारे समेत छलफल भएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया