काठमाडौं । एउटैस्थानमा दुई गुटका फरक–फरक कार्यक्रम आयोजना गर्न मञ्च नै ठडिएपछि यतिखेर सुन्दरीजलस्थित वीपी संग्रालय परिसर तनावपूर्ण अवस्थामा रहेको छ ।
नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघमा देखिएका दुईटा गुट (अध्यक्ष नैनसिंह महर र महामन्त्री कुन्दन काफ्ले ) गुटको छुट्टा छुट्टै मञ्च स्थापना गरि कार्यक्रम हुने तयारी भएपछि सुरक्षा सतर्कता बढाइएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख विश्वराज पोखरेलले सम्भावित झडप हुन नदिन ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको बताए । यतिखेर मञ्च खाली छन् भने ग्राउण्ड प्रहरीले नियन्त्रणमा लिएको छ ।
विहान आठवजेका लागि निर्धारण गरिएको नेविसंघको विशेष प्रशिक्षण कार्यक्रम सञ्चालन हुन सकेको छैन । नेविसंघका पदाधिकारीहरु आफ्ना गुटका नेताहरुको घर तथा कोठे कार्यालय धाउन ब्यष्त रहेका छन् ।
कार्यक्रममा सहभागी हुन वीपी संग्राहलय पुगेका पत्रकार तथा नेविसंघका कार्यकर्ताहरु अलमलमा परेका छन् । कतिपयले विहानदेखि खाना समेत नखाएको बताएका छन् ।
संघ केन्द्रीय अध्यक्ष नैनसिंह महरले भने अव छिट्टै कार्यक्रम सञ्चालन हुन गइरहेको आवश्वसन विद्यार्थीहरुलाई दिइरहेका छन् । यता महामन्त्री कुन्दन काफ्ले पक्षले पनि कार्यक्रम छिट्टै शुरु गर्न लागिएको भन्दै सहभागी विद्यार्थीहरुलाई थमथम्याइ रहेका छन् ।
तर, कार्यक्रमस्थलमा विद्यार्थी तथा नेताहरु भन्दा पनि प्रहरी र रमितेहरुको बाक्लो उपस्थिति रहेको छ । विद्यार्थीहरु संग्राहलय परिसरमा रहेका अल्लो मञ्च र पल्लो मच्च डुलेर समय कटाइ रहेका छन् । सम्भावित दोहोरो झडप हुन नदिने कार्यक्रमस्थल प्रहरीले नियन्त्रणमा राखेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया