टोङ्गामा पहिलोपटक कोरोना संक्रमित भेटिए

लोकपथ
357
Shares

काठमाडौं । प्रशान्त महासागरस्थित टापु राष्ट्र टोङ्गामा महामारी सुरु भएयताकै पहिलो कोभिड संक्रमण पुष्टि भएको छ । त्यससँगै त्यहाँका मानिसहरू कोभिड खोप लगाउन हतारिएका छन्।

एक जना पूर्ण मात्रा खोप लगाएका मानिसमा संक्रमण पुष्टि भएको थियो जो उडानमार्फत न्यूजील्यान्डबाट आएका थिए।

टोङ्गाका प्रधानमन्त्री पोहिभा तुएनिटोआले मुख्य द्विप टोङ्गाटपुमा अर्को साता लकडाउन हुनसक्ने बताएका छन्।

टोङ्गा कोभिड संक्रमित नपाइएको अन्तिममध्येको देश थियो।

उक्त टापु देशमा एक लाखभन्दा धेरै मानिसहरू बस्छन् जुन न्यूजील्यान्डभन्दा उत्तर पश्चिममा अवस्थित छ।

टोङ्गाका एकतिहाइ जनसङ्ख्याले मात्र पूर्ण मात्रा खोप लगाएका छन्।

तर त्यहाँको राष्ट्रिय खोप कार्यक्रम संयोजकले खोप लगाउन हजारौँ मानिसहरू केन्द्रहरूमा जम्मा भएको बताएका छन्।

सङ्क्रमित व्यक्ति घर फिर्तीका लागि न्यूजील्यान्डको क्राइस्टचर्चबाट आएको उडानमा रहेका २१५ जनामध्येका एक हुन्।

सो उडानमा रहेका अन्य यात्रुमा टोङ्गाको ओलिम्पिक्स टोली पनि छ जो टोक्यो ओलिम्पिक्सयता न्यूजील्यान्डमा रोकिएको थियो।

न्यूजील्यान्डको स्वास्थ्य मन्त्रालयले आफ्नो देश छाड्ने बेलामा ती व्यक्तिमा कोभिड नदेखिएको जनाएको छ।

तर टोङ्गाका अधिकारीहरूले नियमित परीक्षणका बेला बिहीवार सङ्क्रमण पुष्टि भएको जनाएका छन्।

त्यस्तो परीक्षण त्यहाँ अनिवार्य गरिएको एकान्तबासका हुने गर्छ।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?