नेविसंघका दुई समूहको कार्यक्रम एकै स्थानमा

काठमाडौं । कांग्रेस भातृ संगठन नेपाल विद्यार्थी संघका सभापति नैनसिंह महर र महामन्त्री कुन्दन काफ्ले नेतृत्वको दुई समूहले एकै स्थानमा कार्यक्रम राखेपछि सुन्दरीजलस्थित वीपी संग्रहालयमा सुरक्षा व्यवस्था कडा परिएको छ । 

सो कार्यक्रममा दुई समूहबीच झडप हुन सक्ने भन्दै सुरक्षा व्यवस्था कडा बनाएको बताइएको छ । 

त्यस्तै नेविसंघ सभापति नैनसिंह महरको समूहले वीपी संग्रहालयमा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ भने महामन्त्री कुन्दन काफ्ले नेतृत्वको समूहले छलफल तथा अन्तरक्रिया कार्यक्रम राखेको छ । 

बुधबार बिहान ८ बजेबाट सुरु हुने भनिएको दुई कार्यक्रम अहिलेसम्म सुरु हुन सकेका छैनन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?