नेपालमा लगानी बढाउन चिनियाँ प्रतिनिधिमण्डललार्इ प्रचण्डको अाग्रह

काठमाडाैं :  माअोवादी केन्द्रका अध्यक्ष प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टी बेइजिङका सेक्रेटरी लिजियाङको नेतृत्वमा आएको प्रतिनिधि मण्डलसँग भेट गरेका छन् । भेटमा उनले नेपालको अार्थिक विकासका लागि चिनियाँ लगानी बढाउन अाग्रह गरेको प्रचण्डको सचिवालयले जानकारी दिएको छ । 

अाफुहरूले अहिले सवै शक्ति देशको अार्थिक विकासमा लगार्इरहेको दाबी गर्दै प्रचण्डले पर्यटन क्षेत्रको विकासका लागि चीनसँग सडक, रेल र सञ्चार 'कनेक्टिभीटी' अावश्यक रहेको बताएका छन् । नेपालले चिनियाँ लगानीकर्तालार्इ हार्दिक स्वागत गरिरहेको बताउँदै प्रचण्डले चिनियाँ लगानीकर्ताको चासोबारे नेपाल सरकारका प्रधानमन्त्री, मन्त्री र सम्बन्धित अधिकारीहरूसँग छलफल गर्ने अाश्वासन दिए । 

चिनियाँ प्रतिनिधिमण्डलले नेपाललार्इ चिनियाँ जनताले अाकर्षक गन्तव्यका रूपमा लिएको र यस क्षेत्रमा लगानी गर्न चिनियाँ लगानीकर्ता लोभिएको बताएका थिए । द्विदेशीय सम्बन्धमार्फत नेपालको अार्थिक विकासमा सहयोग गर्न अाफुहरू तयार गरेको चिनियाँ पक्षले प्रचण्डलार्इ अाश्वासन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?